आर्थीकसंसार संवाददाता१ चैत, २०८२
१ चैत, २०८२काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सुरु भएको बैठकमा सभापति गगनकुमार थापासहित पदाधिकारी तथा कार्यसम्पादन समिति सदस्यहरू सहभागी रहेका छन् ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको यो पहिलो औपचारिक बैठक हो ।
बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, संसदीय रणनीति तथा समानुपातिकतर्फका सांसद चयनबारे छलफल भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

