News Portal

  • एनआईसी एसिया बैंकले ५०% हकप्रद शेयर जारी गर्ने

    आर्थीकसंसार संवाददाता२० पुस, २०८२
    ३१६ पटक
    २० पुस, २०८२

    काठमाडौं । एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ।

    बैंक सञ्चालक समितिको आज पुस २० गते बसेको बैठकले हाल कायम चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

    हकप्रद शेयर जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकसमक्ष पूर्वसहमति मागिने जनाएको छ। राष्ट्र बैंकको पूर्वसहमतिपछि यो हकप्रद शेयर ल्याउने प्रस्ताव अब बैंकले आफ्नो साधारणसभामा स्वीकृतिका लागि पेस गर्नेछ।

    प्रतिकृया दिनुहोस्