News Portal

  • एनएलजी इन्स्योरेन्सको ७.३६ प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता८ पुस, २०८२
    ९ पटक
    ८ पुस, २०८२

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हाे ।

    कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४ सय ३२ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    दुवै प्रकारका लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशत, अर्थात् ९४ लाख ५० हजार ८ सय २७ रुपैयाँ छुट्याएको जनाएको छ ।

    कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्