News Portal

  • लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता७ पुस, २०८२
    १०८ पटक
    ७ पुस, २०८२

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ। सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरिएको रकम पारित गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्