News Portal

  • नबिल बैंकको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८२
    २२५ पटक
    २१ मंसिर, २०८२

    काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ शेयरधनीहरुले प्रतिकित्ता १२.५० रुपैयाँ पाउनेछन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्