काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । १९ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन, २०७७ असाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।
सो साधारणसभाले आर्थिक वर्ष २०७७/७८ मा लेखा परीक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन प्रस्तावसमेत स्वीकृत गरेको छ ।
सो सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी आवश्यक सहमति र समझौता गर्नेलगायत गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सो वार्षिक सधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए । त्यस्तै, कार्यक्रमको सञ्चालन संस्थाका नायव कार्यकारी अधिकृतरकम्पनी सचिव नारायण सापकोटाले गरेको थिए ।
संस्थाले कोभिड–१९ को कारण हुन सक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाएको थियो ।
विजय लघुवित्तको २० प्रतिशत लाभांश पारित
आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
२९ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?