News Portal

  • लाभांश पारित गर्न आईसीएफसी फाइनान्सले डाक्यो मंसिर २९ गते एजीएम, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता८ मंसिर, २०८२
    २६५ पटक
    ८ मंसिर, २०८२

    काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडलेलाभांश पारित गर्न मंसिर २९ गते, सोमबार २२ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान १० बजे बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

    साथै गत आथिृक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण स्वीकृत गरी पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिनुको सार्थै प्रस्तावित लाभांश पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्