Skip

News Portal

  • हिमालयन लाईफको निमित्त सीईओको जिम्मेवारी कपिलकुमार दाहाललाई

    आर्थीकसंसार संवाददाता२८ असोज, २०८२
    ३३४ पटक
    २८ असोज, २०८२

    काठमाडौं । जीवन बीमा कम्पनी हिमालयन लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी कपिलकुमार दाहालले पाएका छन्।

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट मनोजकुमार लाल कर्णले सोमबार राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गर्दै दाहाललाई मंगलबारदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

    पेसँगत अभिकर्ता संघले न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्नेलगायतका माग अघि सार्दै व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएपछि माग पूरा गर्न सम्भव नभएको भन्दै सीईओ कर्णले पदबाट राजीनामा दिएका हुन्।

    प्रतिकृया दिनुहोस्