आर्थीकसंसार संवाददाता२३ भदौ, २०८२

काठमाडौं । सरकारले सोमबारको जेनजी प्रदर्शनलाई लिएर छानबिन समिति बनाउने निर्णय गरेको छ ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ ।