News Portal

  • करिब २ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै नेपाल इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८२
    १९ पटक
    २० भदौ, २०८२

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले करिब २ लाख कित्ता अवितरित हकप्रद शेयर भदौ २७ गतेबाट बिक्रीमा राख्ने भएको छ।

    कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.३४७८ अनुपातमा अर्थात चुक्तापुँजी ३४.७८ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। त्यतिबेला खरिद नभएको १ लाख ९७ हजार ४२.७६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्न लागिएको हो। जसमा सर्वसाधारण समूहको १ लाख ९२ हजार ५७४ कित्ता र संस्थापक समूहको ४ हजार ४६८.७६ कित्ता रहेको छ।

    यो शेयरमा इच्छुक व्यक्ति, संस्था तथा कम्पनीले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    लगानीकर्ता असोज ५ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका लाजिम्पाट, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर कार्यालयमा पेस गर्न सकिनेछ।

    प्रतिकृया दिनुहोस्