News Portal

  • नेपाल लाइफले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न असोज ८ गते डाक्यो भेला

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८२
    २७ पटक
    १७ भदौ, २०८२

    काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १ः२ को अनुपात (हाल १ कित्ता सेयर बराबर २ कित्ता सेयर )मा हकप्रद सेयर जारी गर्ने भएको हो ।

    साथै, संचालक समितिले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरेर १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । कम्पनीको पुँजी वृद्धि सम्बन्धी निर्णयलाई पारित गर्न भदौ ९ गते बसेको संचालक समितिको बैठकले असोज ८ गते बिहान साढे ९ बजे काठमाडौंमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

    कम्पनीको सभाले हकप्रद सेयर जारी पश्चात् हुने सेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्नेछ ।

    यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।

    नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा यो कम्पनी सञ्चालमा ल्याएको हो ।

    प्रतिकृया दिनुहोस्