News Portal

  • राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले गरे पदभार ग्रहण

    आर्थीकसंसार संवाददाता३ साउन, २०८२
    २८८ पटक
    ३ साउन, २०८२

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन् ।

    ढकालसँग नेपाल राष्ट्र राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देव कुमार ढकालले गरे पदभार ग्रहण
    मा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् ।

    नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्