News Portal

  • सन नेपाल लाइफको हकप्रद शेयर बाँडफाँट, सवा २ लाख कित्ता शेयर लिलामीमा आउने

    आर्थीकसंसार संवाददाता१३ असार, २०८२
    ७ पटक
    १३ असार, २०८२

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँट गरिएको छ।

    कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको थियो।

    कम्पनीको हकप्रद शेयर बिहीबार धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको छ। रितपूर्वक आवेदन दिने ३ लाख ९० हजार ३५० शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

    कुल कित्तामध्ये कम्पनीको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्री हुन बाँकी रहेको देखिन्छ। अब यो शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।

    प्रतिकृया दिनुहोस्