काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए ।
श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जरपश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्तको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ । यस वित्तीय संस्थाले २ अर्ब ३५ करोड रूपैयाँ लगानीमा रहेको रकम र ६९ करोड ८८ लाख रूपैयाँ बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त
आर्थीकसंसार संवाददाता१५ पौष, २०७७
१५ पौष, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?