News Portal

  • सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८२
    ९ पटक
    २६ बैशाख, २०८२

    काठमाडौं । सिटिजन्स बैंक र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन)बीच नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ‘एमएएन–सिटिजन्स एस्पायरिङ अवार्ड’ स्थापना गर्ने सहमति भएको छ ।

    बिहीबार एमएएनको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहमतिपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरेका हुन् । यो पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिने बताइएको छ ।

    पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस पुरस्कारको प्रायोजक हुने र वार्षिक रूपमा पुरस्कारको लागि आवश्यक रकम उपलब्ध गराउने बताइएको छ ।

    सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ । पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्