News Portal

  • मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, शेयरधनीलाई नगद दिने

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८१
    २८६ पटक
    २४ मंसिर, २०८१

    काठमाडौं । मञ्जुश्री फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

    कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८ रुपैयाँको कुल ६.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई कुल ८ करोड ५८ लाख २३ हजार ६०५.९० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।
    प्रतिकृया दिनुहोस्