News Portal

  • सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०८१
    ४१ पटक
    १२ मंसिर, २०८१

    काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रोसु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८ कित्ता (१८औँ वार्षिक साधारण सभाबाट पारित बोनस सेयर) सेयर बिक्रीमा राखिएको हो ।

    बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

    यदि संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्