News Portal

  • नाडा अटो शोमा नेपाल बैंकको अफर, ३ लाखसम्मको लाइफटाइम क्रेडिट कार्ड निःशुल्क

    आर्थीकसंसार संवाददाता५ भदौ, २०८३
    १० पटक
    ५ भदौ, २०८३

    काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ ।

    भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।

    योजनाअन्तर्गत नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

    बैंकका अनुसार विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ निजी र व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा सुविधा लिन सकिनेछ ।

    यस योजनाअन्तर्गत कर्जा लिँदा कर्जा प्रशासनिक शुल्कबापत ०.५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ ।

    त्यसैगरी, कर्जा उपभोग गर्ने ग्राहकले कुनै अतिरिक्त शुल्कबिना ३ लाख रुपैयाँसम्मको आजीवन क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा आम सर्वसाधारणलाई नजिकैको शाखामा सम्पर्क गरी बैंकका नवीनतम वित्तीय सेवा तथा सवारी कर्जासम्बन्धी सुविधाबारे जानकारी लिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्