News Portal

  • आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८१
    १० पटक
    ११ मंसिर, २०८१

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ११ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।

    त्यसैले आजसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    लाभांश पारित गर्न बैंकले मंसिर २५ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान साढे ९ बजे ३८औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    प्रतिकृया दिनुहोस्