News Portal

  • हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०८१
    ६३ पटक
    २९ भदौ, २०८१

    काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालय सुचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ ।

    समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौ । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौ । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदी स्थित नेपाली दुतावाससँग सहकार्य गरयौ’, उनले भने ।

    हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए । त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटिले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोशिस गरेको छु,’ उनले भने ।

    समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरे भन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सुचना जारी गरेका छौ । नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौ, उनले भने ।

    यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले बताए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो ।

    आगामी वर्षको हज यात्राको लागि निवेदनको आवहान

    त्यसैगरी हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटिका सदस्य सचिव झन्कनाथ ढकालले बताए । उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुश्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सुची सार्वजनिक गरिने उनले बताए ।

    त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटिको योजना रहेको उनले बताए । सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाईएपछि हामीले यसलाई छोट्याउन खोजेको उनले बताए । अवधि छोट्याउन खर्च पनि कम हुन्छ । साधन र स्रोतको कम लाग्ने भएकोले सबै सल्लाह अनुसार अवधि छोट्याउन लागिएको उनले जानकारी दिए ।

    त्यस्तै कमिटिले हज यात्राको कार्यविधि शंसोधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त व्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए । ुयात्रामा विभिन्न समस्या हुन्छन् । अचानक पर्ने समस्याको खर्चका लागि हामीसँग छुट्टै बजेट हुँदैन । यता यात्रीले जम्मा गरेको रकमबाट केही ब्याज पनि आउछ । त्यसैले त्यो ब्याज रकमलाई आकस्मिक खर्चमा प्रयोग गर्ने गरी कार्यविधि शंसोधन गर्न प्रस्ताव गरेका छौ, उनले भने ।

    हज यात्रीको लागि चुस्त मेडिकल टिमको व्यवस्था गर्न कमिटिको आग्रह

    नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । हजको बसाइमा नेपालबाट जाने नेपालीलाई हावापानीका कारण स्वास्थय समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न कमिटिले आग्रह गरेको हो ।

    हजमा जाने नेपाली यात्रुमध्ये कतिपयले पहिलो पटक गाँउ छोडेर बाहिर निस्केका हुन्छन् । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने कमिटिका प्रवक्ता मिर्जा रासिद बेगले बताए । त्यसैले सहज र तत्काल उपचारका लागि मेडिकल टिम नै व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

    हजको लागि साउदी जाने प्रत्येक मुलुकसँग छुट्टै मेडिकल टिम नै हुन्छ । यात्रु बस्ने अस्पतालमा प्रत्येक मुलुकले अस्पताल नै सञ्चालन गरेका हुन्छन् । तर, नेपालले भने त्यस्तो केही व्यवस्थापन नगरेको भन्दै उनले दुख व्यक्त गरे । ‘हावापानीको कारण यो वर्ष पनि कति नेपाली यात्री विरामी हुनु भयो । तर, हाम्रो समितिका सदस्यहरुले सक्रिय भएर ठूलो समस्या हुनबाट जोगायौ,ु उनले भने ।

    त्यसैले सरकारले पनि केही खर्च गरेरै भए पनि नेपाली हज यात्रीको लागि कम्तिमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधी उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्