आर्थीकसंसार संवाददाता२६ भदौ, २०८१
२६ भदौ, २०८१काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो ।
बैंकका संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
यदि ३५ दिनभित्र उक्त सेयर बिक्र नभएमा सर्वसाधारणक लागि बिक्री खुला हुने बैंकले जनाएको छ ।