News Portal

  • कुमारी बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए ४६ लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८३
    १५ पटक
    २३ असोज, २०८३

    काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

    बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा योगदान गरेका हुन् ।

    बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ । संकलित रकम कोषमार्फत प्रभावित समुदायको सहयोगमा उपयोग हुने विश्वास बैंकले लिएको छ ।

    कुमारी बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । कर्मचारीको यो योगदानले सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने बैंकको विश्वास छ ।

    यसअघि पनि बैंकले त्रिशूली–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो ।

    त्यसैगरी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो ।

    प्रतिकृया दिनुहोस्