आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
२५ भदौ, २०८१काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छूट पाउने भएका छन् । बैंक र बुद्ध एयर बीच भएको सम्झौता अनुसार अब ग्राहकहरु त्था तिनका परिवार (बुबा, आमा, श्रीमती, छोरा छोरी) ले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छूट पाउने छन् ।
सम्झौता अनुसार, टिकटमा छूट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।