News Portal

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा आकर्षक छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०८१
    ६० पटक
    २५ भदौ, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छूट पाउने भएका छन् । बैंक र बुद्ध एयर बीच भएको सम्झौता अनुसार अब ग्राहकहरु त्था तिनका परिवार (बुबा, आमा, श्रीमती, छोरा छोरी) ले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छूट पाउने छन् ।

    सम्झौता अनुसार, टिकटमा छूट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    यस प्रकारको सम्झौताबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको कम्पनीले बताएको छ । गुणस्तर बैंकिङ सेवाका साथसाथै कम्पनीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौं बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरुलाई थप सुविधा र छूटको व्यवस्था गर्दै आएको जनाएको छ ।
    प्रतिकृया दिनुहोस्