News Portal

  • कामना सेवा विकास बैंक र ड्रिम इन्टरनेशनल होटलबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१४ जेठ, २०८१
    १०८ पटक
    १४ जेठ, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित ड्रिम इन्टरनेशनल होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै लजिङ शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
    प्रतिकृया दिनुहोस्