आर्थीकसंसार संवाददाता६ वैशाख, २०८१
६ वैशाख, २०८१काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गर्न भन्दै फाइनान्स फ्रेन्डसँग सम्झौता गरेको जनाएको छ ।
बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र फाईनान्स फ्रेन्डका तर्फ बाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।