News Portal

  • महालक्ष्मी विकास बैंकले ल्यायो शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०८१
    ३८१ पटक
    २ वैशाख, २०८१

    काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि– आश्वा तथा टिएमएस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् ।

    शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निशुल्क खोल्नुका साथै मेरो शेयर तथा सि– आश्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ ।

    यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने

    विश्वास बैंकले लिएको छ ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेकाछन् ।

    प्रतिकृया दिनुहोस्