काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ आइफोन १५ एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी ५ सय रुपैयाँको टपअप र कुनैपनि एउटा मबतबउबअप खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन जित्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ । नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ्ग सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ्ग कारोबार सुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो।