News Portal

  • स्काइ वाकको टिकट किन्दा सिटिजन्स बैंकका ग्राहकलाई छुट

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    १४१ पटक
    २२ चैत, २०८०

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले स्काईवाक टावरमा छुट पाउने भएका छन् ।

    बैंक र काठमाडौं स्थित वोन्डर्स नेपाल प्रा. लि.(स्काईवाक टावर) बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हाे ।

    बैंकका अनुसार सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले स्काईवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्षथप ५ शाखाहरु विस्तार गरेरआगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

    प्रतिकृया दिनुहोस्