News Portal

  • प्रभु बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

    आर्थीकसंसार संवाददाता२१ चैत, २०८०
    १५१ पटक
    २१ चैत, २०८०

    काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ ।

    बैंकले बुधबार सूचना प्रकाशन गरी संस्थापक सेयरधनीहरू चिरञ्जीवी श्रेष्ठ, गोविन्दप्रसाद ज्ञवली र भारतीकुमारी आचार्यको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रमा राखिएको जनाएको छ ।

    यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

    इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्