News Portal

  • मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता१८ चैत, २०८०
    १९० पटक
    १८ चैत, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

    उक्त कार्यत्रमहरुमा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ्ग प्रविधि र बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पुर्याउने उद्दश्य बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्