आर्थीकसंसार संवाददाता१६ चैत, २०८०
१६ चैत, २०८०काठमाडौं । कामना सेवा विकास बैक र गौतम होटल बर्दीबास प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकले मिथिला, धनुषा स्थित गौतम होटल बर्दीबास प्राइभेटसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।
यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।