News Portal

  • नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने

    आर्थीकसंसार संवाददाता७ चैत, २०८०
    ३६१ पटक
    ७ चैत, २०८०

    काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । छुट सम्बन्धमा बैंक यर हस्पिटालिटीबीज बुधबार सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड बाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकहरुलाई उक्त ग्रूपका २१ आउटलेटमा विभिन्न सेवामा छुट प्रदान गर्ने छ ।

    ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छूट पाउनेछन । उक्त सम्झौता, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबंधक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितीम सम्पन्न थियो ।

    प्रतिकृया दिनुहोस्