News Portal

  • कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, छैन लाभांश प्रस्ताव

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८०
    ३३६ पटक
    ८ फागुन, २०८०

    काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा सो दिन भक्तपुरको बोडेस्थित केन्द्रिय तालिम प्रतिष्ठानमा गर्न लागेको हो ।

    उक्त सभामा बैंकले लाभांश तथा हकप्रद सेयर लगायतका कुनै पनि प्रस्ताव गरेको छैन ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साथै, सभामा जाने प्रयोजनको लागि बैंकले आगामी फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्