आर्थीकसंसार संवाददाता४ फागुण, २०८०
४ फागुण, २०८०काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले परिपक्व रकम भुक्तानी गरेको छ । कम्पनीले भिमदत्त नगरपालिका १६ वसन्तपुरका नारा पन्तलाई आफ्नो बीमाको परिपक्व रकम भुक्तानी गरेको हो ।
उनले २० बर्षे १ लाख बीमाङ्क रकमको बीमा गरेकोमा २०८० फागुन ३ गतेका दिन दुई लाख १३ हजार २ सय २३ रुपैयाँ रकमको चेक महेन्द्रनगर शाखाका शाखा प्रमुखबाट बुझेका हुन् ।
पन्तले जीवन बीमा आफ्नो कमाईको स सानो रकमलाई बचत गरी बीमा अवधि समाप्ति पछि पूँजी निर्माण पनि हुने र मान्छेको जीवनमा आईपर्ने जोखिम लाई पनि बहन गर्ने भएको सबैले आ आफ्नो क्षमता अनुसार अनिवार्य बीमा गर्नु राम्रो रहेको बताए ।