News Portal

  • नेशनल लाइफद्वारा पन्तलाई बीमाको परिपक्व रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता४ फागुण, २०८०
    ५६ पटक
    ४ फागुण, २०८०

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले परिपक्व रकम भुक्तानी गरेको छ । कम्पनीले भिमदत्त नगरपालिका १६ वसन्तपुरका नारा पन्तलाई आफ्नो बीमाको परिपक्व रकम भुक्तानी गरेको हो ।

    उनले २० बर्षे १ लाख बीमाङ्क रकमको बीमा गरेकोमा २०८० फागुन ३ गतेका दिन दुई लाख १३ हजार २ सय २३ रुपैयाँ रकमको चेक महेन्द्रनगर शाखाका शाखा प्रमुखबाट बुझेका हुन् ।

    उनले आफ्नो बीमाको परिपक्व रकम भुक्तानी पाएकोमा शाखा प्रमुख नविनकिशोर भट्ट , चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द सहित समग्र नेशनल लाइफ परिवारलाई धन्यवाद दिदै आभार ब्यक्त गरे ।

    पन्तले जीवन बीमा आफ्नो कमाईको स सानो रकमलाई बचत गरी बीमा अवधि समाप्ति पछि पूँजी निर्माण पनि हुने र मान्छेको जीवनमा आईपर्ने जोखिम लाई पनि बहन गर्ने भएको सबैले आ आफ्नो क्षमता अनुसार अनिवार्य बीमा गर्नु राम्रो रहेको बताए ।

    प्रतिकृया दिनुहोस्