News Portal

  • कामना सेवाले बोलपत्र बापतको बैंक ग्यारेन्टीको प्रमाणीकरण गरिदिने

    आर्थीकसंसार संवाददाता३ फागुन, २०८०
    ३४० पटक
    ३ फागुन, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंक र ताहाचलको सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण गर्ने सम्झौता भएको छ ।

    यो सम्झौता पश्चात सरकारी निकायहरुबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत (बैंक ग्यारेन्टी) कामना सेवा विकास बैंकबाट लिई अनलाईन मार्फत सम्बन्धित निकायमा पेस गर्न सक्नेछन् ।

    बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरु अनलाईन माध्यमद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरु प्रमाणीकरण गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फबाट कार्यालयका सह-सचिव विष्णुप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

    यो सम्झौताले बैंकका ग्राहकहरुलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्