
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६ करोड ११ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ७५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
६ महिनाको अवधिमा बैंकको नेट फि एण्ड कमिशन आम्दानी ४६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ करोड ५८ लाख रुपैयाँ, सञ्चालन नाफा ४ करोड ७८ लाख रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने ३४ करोड १७ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ, जगेडा कोषमा ३९ करोड २३ लाख रुपैयाँ, निक्षेप संकलन ४ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ र कर्जा प्रवाह ३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ गरेको छ ।
यस अवधिमा बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ४१.७४ गुणा छ भने प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ छ ।
गत वर्षको पुसमा ३.१७ प्रतिशत खराब कर्जा रहेको बैंकको यस वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको आधार दर १२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।