News Portal

  • १ सय रुपैयाँमै कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१७ माघ, २०८०
    २७६ पटक
    १७ माघ, २०८०

    काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो ।

    बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

    लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    प्रतिकृया दिनुहोस्