News Portal

  • ५९औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको प्रभातफेरी

    आर्थीकसंसार संवाददाता७ माघ, २०८०
    ३६७ पटक
    ७ माघ, २०८०

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा शनिवार चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट शुरू गरिएको कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न भएको थियो ।

    कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक कारोबारको विषयमा सजग गराउन प्लेट कार्ड प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा ‘देखासिकीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं, नोटमा केही नलेखौं, नोट सफा राखौं, कमाई नहेरी खर्च बढी गर्नेले, दुःख पाउँछ फजुल खर्च गर्नेले, अबको बैंकिङ मोबाइल बैंकिङ’ जस्ता नारा समेटिएका प्ले कार्डसहित कर्मचारीहरूको बाक्लो सहभागी थियो ।

    प्रतिकृया दिनुहोस्