News Portal

  • प्यान अद्यावधिक गराउन एनआईसी एशियाको आग्रह, कर चुक्ता प्रमाण लिन बैंक धाउनु नपर्ने

    आर्थीकसंसार संवाददाता५ माघ, २०८०
    १८२ पटक
    ५ माघ, २०८०

    काठमाडौं । एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडीएस रेकर्डमा देखाउन प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।

    स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात् करकट्टीको विवरण सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ । जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने बैंकले जनाएको छ ।

    ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने हुन्छ । त्यसैले बैंकको वेबसाइट एनआईसी एशिया वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर यथाशिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।

    ग्राहकहरूले प्यान अद्यावधिक नगराएका कारण इटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ ।

    साथै, यसअघि बैंकलाई स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्