News Portal

  • प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै, को-को हुन् ?

    आर्थीकसंसार संवाददाता१९ पुष, २०८०
    २४१ पटक
    १९ पुष, २०८०

    काठमाडौं । प्रभु बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरिन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरिन लागेका हुन् ।

    बैंकबाट एकैपटक ११ जना सेयरधनीहरुले सेयर बेचेर बाहिरिन लागेका हुन् । विभिन्न संस्थापक ११ जना सेयरधनीहरुले ३ लाख ३२ हजार कित्ता सेयर बेच्न लागेका हुन् ।

    बैंकले संस्थापक सेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार ४६८ कित्ता, रंजीता श्रेष्ठको २८ हजार १३३ कित्ता, कुमार पौडेलको ४४ हजार ५५९ कित्ता, रविन्द्र अधिकारीको ३४ हजार ५८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनकर्मीको ८ हजार ५ सय कित्ता, तिलक बहादुर प्रधानको ३८ हजार ४४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    यस्तै, सीताराम के.सी.को २६ हजार ५ सय कित्ता, ध्रुव रत्न मानन्धरको ४१ हजार ६७ कित्ता, धिर बहादुर विष्टको ३ हजार ५०९ कित्ता, करिस्मा राउतको १९ हजार ९८८ कित्ता र केशर बहादुर रावलको ७९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

    बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आहवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्