News Portal

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१८ पुष, २०८०
    ४३४ पटक
    १८ पुष, २०८०

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ ।

    यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत २०० रुपैयाँ वा सो भन्दा बढीको टपअप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ ।

    दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोबाईल बैंकिङ्ग मार्फत हाल सम्म बिजुली र ईन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै, पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र ईन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

    तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी ५०० रुपैयाँसम्मको कारोबार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की-ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।

    त्यस्तै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न ख्क्ष्क्ब् ल्भतधयचप अन्तर्गतको जुन सुकै बैंकको भिसा नेटर्वकबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्