आर्थीकसंसार संवाददाता१७ पुष, २०८०

काठमाडौं । कामना सेवा विकास बैंकले १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा लिसारा रिसेप्सन भगवती बाहाल काठमाडौंमा सम्पन्न भएको हो । सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरण, असार मसान्तसम्मको वासलात, हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको प्रबन्धपत्र तथा नियमावलीको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै थपघट, परिमार्जन वा संशोधन निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिले तोको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ