काठमाडौं । वर्ष २०२३ मा नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी कारबाही कर्णाली डेभलपमेन्ट बैंकलाई गरेको छ।
क्षेत्रीयस्तरको विकास बैंकमध्ये कर्णालीले यो वर्ष अनिवार्य नगद मौज्दातको नियम उल्लंघन गरेकोमा ८ पटकसम्म नगद जरिवाना तिर्नुपरेको हो। कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा पनि यो बैंकले ३ पटक नगद जरिवाना तिर्नुपरेको थियो।

यसैगरी राष्ट्र बैंकले अप्रिल ७ मा अर्को सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कारबाहीमा परेका क्षेत्रीयस्तरका विकास बैंकहरुको सूची जारी गरेको थियो। यो त्रैसमा कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीले कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा नगद जरिवाना तिर्नुपरेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा कर्पोरेट, सालपा, नारायणी र सप्तकोशी विकास बैंकले कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा जरिवाना तिरेका थिए। यो सूचना केन्द्रीय बैंकले गत मे २१ मा जारी गरेको थियो।

उता सोही आर्थिक वर्षको चौथो त्रैमासमा नारायणीले अनिवार्य नगद मौज्दातसम्बन्धी नियम तोडेकोमा पटक–पटक नगद जरिवाना लगाइएको सूचना राष्ट्र बैंकले गत अक्टोर ३१ मा जारी गरेको थियो।



१५ पुष, २०८०

