 १३ पुष, २०८०
१३ पुष, २०८०काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकको भीरकोट नगरपालिकामा रहेको बयरघारी शाखाले भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो।
बैंकको तर्फबाट प्रमुख प्रशिक्षक बैंकका जोखिम तथा कानुन विभाग प्रमुख दिपकराज भण्डारी सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षक भण्डारीले देशको विद्यमान आर्थिक परिदृश्य, वैदेशिक व्यापार , बैंक तथा वित्तीय संस्थाका प्रकार ,नेपाल राष्ट्र बैंकका कार्यहरू र वाणिज्य तथा विकास बैंकका सेवा सुविधाका , बैंकिङ कसुरका विषयमा प्रशिक्षण दिएका थिए।
वित्तीय साक्षरता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, क्षेत्रीय प्रमुख लेखनाथ भट्टराई, बयरघारी शाखा प्रमुख अर्विन अर्याल र बयरघारी शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले वित्तीय साक्षरता कार्यक्रम सक्रिय सहभागिता जनाएकोमा भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य र शिक्षकहरूलाई धन्यवाद एवं आभार व्यक्त गरेका थिए।
गरिमा विकास बैंक जनताको बैंक भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले जनता, उद्योगी व्यवसायी र बैंकबिच सुमधुर सम्बन्ध कायम गर्नु सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। गरिमा विकास बैंक ग्राहकको हितमा सदैव केन्द्रीत रहने प्रतिबद्धता जनाउँदै उनले सर्वसाधारण, उद्योगी , व्यवसायी सबैबाट सद्भावपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए।
 
 



