काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १५.७१ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी घटेर ९२ करोड ७९ लाख रुपैयाँमा सीमित छ । जुन गत आर्थिक वर्षको तुलनामा करिब १८ करोड रुपैयाँले कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको अन्य सञ्चालन आम्दानी बढेर २ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ५७ लाख रूपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ५४ करोड ७१ लाख रुपैयाँमा सीमित रहेको छ । ८ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड रुपैयाँ छ । बैंकको निक्षेप संकलन बढेर ९१ अर्ब ५५ करोड रुपैयाँ र कर्जा लगानी बढेर ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी घटेर १७.८ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५३.९२ रुपैयाँ रहेको छ ।
सनराइज बैंकको नाफा ३८ करोड
आर्थीकसंसार संवाददाता२८ कार्तिक, २०७७
२८ कार्तिक, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह