News Portal

  • बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर

    आर्थीकसंसार संवाददाता२ पुष, २०८०
    २८१ पटक
    २ पुष, २०८०

    काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ ।

    चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९ हजार ७ सय ५७ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो ।

    बैंकले साविकको बागमती डेभलपमेन्ट बैंकको प्राप्तिमा सौदावजी गर्दा प्राप्त लाभ र हकप्रद सेयर लिलाम गरी प्राप्त भएको प्रिमियम रकमलाई आयमा समावेश गरी कर तिरेको बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्