News Portal

  • एनएमबि क्यापिटलद्धारा लगानीसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता१ पुष, २०८०
    २७० पटक
    १ पुष, २०८०

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    मोर्डन नेवा इंग्लिस स्कुल पर्यटक मार्ग काठमाडौंमा लियो क्लब अफ कान्तिपुरका क्लब सदस्यहरुलाईको लागि लगानीसम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको क्यापिटलले जनाएको छ ।

    एनएमबि सरल बचत फण्ड इ का स्कीम व्यवस्थापक प्रतिल कोजू र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

    मंंसिर ३० गते आयोजित कार्यक्रममा सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराउँदै कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको थियो । आगामी दिनहरुमा पनि कम्पनीले देशका विभिन्न ठाउँहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्