News Portal

  • एनआईसी एशिया बैंकले गर्यो अल अन्सारी एक्सचेन्जसँग रणनीतिक साझेदारी

    आर्थीकसंसार संवाददाता१ पुष, २०८०
    ३३४ पटक
    १ पुष, २०८०

    काठमाडौं । रोजगारको शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुले नेपालमा सजिलै रकम पठाउन सक्ने गरी एनआईसी एशिया बैंकले रणनीतिक साझेदारी गरेको छ । बैंकले अल अन्सारी एक्सचेन्जसँग रणनीतिक साझेदारी सम्पन्न गरेको हो ।

    समझदारी अनुसार युएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ ।

    साझेदारी कार्यान्वयनमा आए पश्चात अब उक्त एक्सजेन्चबाट बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने छ ।

    त्यस्तै एनआईसी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्